संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

माओवादी केन्द्र र नेसपाबीच एकताबारे छलफल

माओवादी केन्द्र र नेसपाबीच पार्टी एकताको गृहकार्य सुरू भएको छ।

नेकपा (माओवादी केन्द्र)  र नेपाल समाजवादी पार्टीबीच पार्टी एकताको गृहकार्य सुरू भएको छ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई सशक्त र बलियो बनाउँदै समाजवादी क्रान्तिको तयारीतर्फ अघि बढ्न दुबै पार्टी सहमत भएपछि पार्टी एकताका लागि छलफल शुरु भएको हो।

सोही विषयमा छलफल गर्न माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गर्दै एकता संयोजन समिति गठन गर्न सुझाव दिएका छन्।

दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने सहमति भएको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

त्यस्तै, पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्हलगायतका विषयमा एकता समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको छ।

बैठकपछि माओवादी केन्द्रका तर्फबाट वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीका संयोजक गंगानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका छन्। बैठकमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीका नेताहरु दुर्गा सोव लगायतको उपस्थिति थियो।