संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

मधेस प्रदेशमा आइसीटी फोरम गठन

ने.क.पा. (माओवादी केन्द्र) मधेस प्रदेशमा आइसीटी फोरम गठन गरिएको छ।

वीरगन्ज, १५ मंसिर । ने.क.पा. (माओवादी केन्द्र) मधेस प्रदेशमा आइसीटी फोरम गठन गरिएको छ। पार्टीको गतिविधि र पार्टीले लिएको नीतिलाई जनस्तरसम्म पुयाउनका लागि पार्टीले प्रचार तथा प्रकाशन विभाग र आइसीटी फोरम गठन गर्ने निर्णय अनुसार मधेस प्रदेशमा पनि आइसीटी फोरम गठन गरिएको हो।

सर्लाहीको बागमती नगरपालिकामा आज (शुक्रबार) भएको भेलाले भुपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय आइसीटी फोरम मधेस प्रदेश गठन गरिएको छ। समितिमा शिवनाथ यादव (पर्सा), अशेष ढुंगाना, राकेश चौधरी (बारा), रुपेश यादव र चेत बोलखे (रौतहट), सर्मिला रमौली, सलिना मगर, राजेश थापा, एस टेक र नवीन यादव (सर्लाही), सुनिता बराल (महोत्तरी) सदस्यमा चयन भएका छन्। त्यस्तै धनुषाबाट शैलेन्द्र महतो, जयप्रकाश मण्डल, विवेक परियार, आशानन्द यादव (सिराहा), गजेन्द्र यादव र बसन्त यादव सप्तरी सदस्य रहेका छन्।

भेलाको उदघाटन गर्दै ने.क.पा. (माओवादी केन्द्र) का केन्द्रीय सदस्य, प्रचार तथा प्रकाशन विभागका सचिव एवं आइसीटी फोरमका अध्यक्ष गोविन्द आचार्यले पार्टीको काम, कारवाही र गतिविधि जनस्तरसम्म पुग्न नसक्दा माओवादीले गरेका राम्रा काम जनताको बीचमा जान नसक्दा विश्वास जित्न नसकेकोले पार्टीका सकारात्मक कामहरुलाई जनताको मनमनमा पुग्ने गरी काम गर्न आइसीटी फोरमको भूमिका महत्वपूर्ण हुने बताउनु भयो।

उहाँले माओवादीको नेतृत्वमा सुशासन, सामाजिक न्याय र समृद्धिका  लागि महत्वपूर्ण  काम भएकाले स्थानीय रुपमा जनताको बीचमा लैजान नसक्दा माओवादी पार्टीले गरेको राम्रा कामको जस समेत अरुले लिन थालेको बताउनु भयो। वर्षौँसम्म घाटामा गएका विद्युत प्राधिकरण, आयल निगम र नेपाल एयर लाइन्सलाई ऋणमुक्त गराउन सरकार सफल भएको भन्दै सचिव आचार्यले जनतामा निराशा जगाउने गरी भइरहेका कुप्रचारको भण्डाफोर गर्नुपर्ने बताउनु भयो।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी रुपान्तारण अभियानका महोत्तरी संयोजक अच्युतम काफ्लेले सामन्तवादलाई समाप्त पारे पनि वर्गीय सामन्तीहरुले अझैँ टाउको उठाउने काम गरिरहेकोले त्यसलाई परास्त गर्न जरुरी रहेको बताउनु भयो।

प्रचार तथा प्रकाशन विभागका केन्द्रीय सदस्य तथा मधेस प्रदेश प्रमुख गोविन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाका प्रचार तथा प्रकाशन विभाग सदस्यहरुले पार्टीको जिल्लाका नेतृत्व तहले अझै पनि जनवर्गीय संगठनहरुलाई बेवास्ता गर्ने गरेको र पार्टी संगठनभन्दा नेताप्रति बढी केन्द्रीत हुँदा माओवादी झन कमजोर हुँदै गएकोले यसमा नेतृत्वले विचार गर्नुपर्ने धारणा राख्नुभएको थियो।