संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

भूकम्प प्रभावित क्षेत्रमा परिचालित भए सयौं माओवादी कार्यकर्ता

सुर्खेत । नेकपा माओवादी केन्द्रले भूकम्प प्रभावित क्षेत्रमा सयौं स्वयम्सेवक परिचालन गरेको छ। त्यसै अनुसार पार्टीका बिभिन्न तहका संगठन तथा जनवर्गीय संगठनमा आवद्ध माओवादी नेता तथा कार्यकर्ताहरु अहिले भूकम्प प्रभावित जनतालाई सहयोगका लागि गाउँबस्ती पुगेका छन्।

भूकम्प प्रभावितहरुलाई सहयोग गर्न माओवादी केन्द्र कर्णाली प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा ३ हजार १ सय स्वयंसेवक परिचालित गर्ने निर्णय गरेकाे छ।

पार्टीको कर्णाली प्रदेश विशेष रूपान्तरण अभियानको समीक्षात्मक बैठकले प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकले भूकम्प पीडितका अस्थायी आवास तथा पुनः निर्माणमा सहयोग गर्ने छ। त्यसकालागि सम्बन्धित जिल्ला प्रमुख नेतृत्वको स्वयंसेवक टोली खटाइने निर्णय गरेको छ।

यसैगरीऽ अखिल क्रान्तिकारीले समेत प्रभावित जिल्लाहरुमा स्वयंसेवकहरु परिचालन गरेको छ। भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, सल्ल्यान लगायत जिल्लाका एक सय पाँच वडा प्रभावित भएका छन्।