संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

माओवादी उपत्यकाले भूकम्प प्रभावितलाई पठायो कम्बल

नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ।

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ।

माओवादी केन्द्रका उपमहासचिव तथा प्रदेश इन्चार्ज वर्षमान पुनले गोंगबु नयाँबसपार्क पुगेर सोमबार भूकम्प प्रभावित क्षेत्रका लागि संकलित राहत सामग्री पठाउनुभएको हो। ४ सय थान कम्बल, म्याट, सिरकसहित खाद्यान्न पठाइएको प्रदेश अध्यक्ष जगत सिंखडाले जानकारी दिनुभयो।
  
भूकम्प प्रभावितहरु नियमित जीवनमा नफर्किंदासम्म पार्टी र सरकारका तर्फबाट राहत संकलन र वितरण जारी राखिने उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत महिना ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटमा १०४ र रुकुमपश्चिममा ५३ गरी १ सय ७५ जनाले ज्यान गुमाएका छन्। एक हजार भन्दा बढी घाइते हुनुका साथै ८ हजारभन्दा बढी घर भत्किएका छन्।