संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता

काठमाडौँ,पुस १९ -  नेपाल भ्रमणमा रहनुभएका  भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबारमा भेटवार्ता  भएको  छ । 
विदेशमन्त्री जयशंकर सहितको प्रतिनिधिमण्डल सँगको भेटका अवसरमा  नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्यका बारेमा छलफल भएको छ । 

परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आज नेपाल आइपुग्नुभएका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुने  कार्यक्रम छ ।