संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

शान्ति सम्झौता पक्षधर शीर्ष नेता बाँकी काम सक्न सहमत

गत मंसिर ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।

काठमाडौं । नेपालको तत्कालीन द्वन्दको अन्त्य गरेर संविधान सभामार्फत् नयाँ संविधान र गणतन्त्र स्थापना गर्ने आधारशिला मानिएको विस्तृत शान्ति सम्झौताका पक्षधर नेताहरुबीच छलफल भएको छ। सम्झौतामा हस्ताक्षर गरेकामध्ये प्रमुख तीन राजनीतिक दलले शान्ति प्रक्रियाको बाँकी काम जतिसक्दो छिटो सक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 

शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलमध्येका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तीन शीर्ष नेताहरूले शान्ति प्रक्रिया सुरू भएयताको अवधिको समीक्षा गर्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। 

गत मंसिर ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।

नेपाल सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भई देशमा राजनीतिक परिवर्तनसहित शान्ति प्रक्रिया अगाडि बढेको १७ वर्ष पूरा भएको छ। यस अवधिमा शान्ति प्रक्रियाका अधिकांश कामहरू सम्पन्न भए पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित केही महत्वपूर्ण कार्यभारहरू अझै पनि बाँकी छन्। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको सन्दर्भमा शान्ति सम्झौताका मुख्य साझेदार दलका नेताहरूसँग महत्वपूर्ण छलफल भई प्रक्रिया छिटो टुंगो लगाउन सहमति हुनुलाई सकारात्मक मानिएको छ।